|  

बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलको स्वास्थ्य अबस्था सामान्य बन्दै

२५ बैशाख २०८१, मंगलवार १८:२० प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल बिरामी पर्नुभएको छ । रामेछापको मन्थलीमा खानेपानी आयोजना उद्घाटनका लागि जाँदै गरेका मुख्यमन्त्री जम्कट्टेलको स्वास्थ्यमा मंगलबार मध्याह्न समस्या देखिएको हो ।

ब्लडप्रेसर तथा सुगरको मात्राले गर्दा गारो भएको डाक्टरले बताएका छन् । श्वासप्रश्वासमा समेत समस्या देखिएपछि मुख्यमन्त्रीलाई नर्चिक अस्पताल भर्ना गरिएको छ ।

‘मुख्यमन्त्री लाई हेलिकप्टर मगाएर अस्पताल लगीएको थियो । उहाँको अबस्था अहिले सामान्य रहेको छ ।

२५ बैशाख २०८१, मंगलवार १८:२०  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस