|  

जसपा विभाजनविरुद्ध उपेन्द्र यादव अदालत जाने

२६ बैशाख २०८१, बुधबार ०८:०१ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


बैशाख २६, काठमाडौँ । पार्टी विभाजनविरुद्ध जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादव अदालत जाने भएका छन् । त्यसबारे छलफल र निर्णय गर्न आज बुधबार केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाइएको र त्यसपछि अदालत जाने तयारी रहेको जसपाका प्रवक्ता मनिष सुमनले जानकारी दिए ।

उनका अनुसार बैठकलगत्तै पत्रकार सम्मेलनको आयोजना गरिएको छ । उनका अनुसार बिहान बैठक बस्ने र साढे ११ बजेपछि पत्रकार सम्मेलनबाट धारणा सार्वजनिक गर्ने कार्यक्रम छ ।

२६ बैशाख २०८१, बुधबार ०८:०१  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस