|  

कांग्रेसको रणनीतिक बैठक बस्दै, के छन् एजेण्डाहरु ?

२६ बैशाख २०८१, बुधबार ११:४१ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


बैशाख २६, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएको छ । सभापति शेरबहादुर देउवाले आज दिउँसो २ बजेका लागि निजी निवास बूढानिलकण्ठमा बैठक बोलाएको पार्टी सहमहामन्त्री जीवन परियारले जानकारी दिए ।

बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बुझिएको छ । कांग्रेसले बिहीबारका लागि संसदीय दलको बैठक बोलाएको छ । उक्त बैठका लागि रणनीति तथा एजेन्डा तय गर्न बैठक बोलाइएको हो ।

२६ बैशाख २०८१, बुधबार ११:४१  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस