|  

‘आगामी बजेट नयाँ ढंगबाट आउँछ’ : प्रधानमन्त्री दाहाल

२६ बैशाख २०८१, बुधबार ११:४६ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


बैशाख २६, काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट नयाँ ढङ्गले ल्याइने बताएका छन् । नेकपा माओवादी केन्द्र सुनकोशी गाउँसमितिले आज मुलकोटमा आयोजना गरेको कार्यकर्ता भेटमा पार्टी अध्यक्षसमेत रहेका प्रचण्डले आगामी बजेट नयाँ ढंगले ल्याउने बताए ।

आफूले सरकारको नेतृत्व लिएपछि अर्थतन्त्रमा निकै सुधार भएको उनको दाबी थियो । राष्ट्रिय आर्थिक सूचकाङ्कमा पछि परेका क्षेत्र र वर्गलाई लक्षित गरेर नीति कार्यक्रम र बजेट निर्माण गरिने जानकारी गराउँदै उनले समाजवादको आधार तयार गर्ने नीति लिइने बताए । नीति कार्यक्रमलाई जनपक्षीय बनाउन विभिन्न पक्षसँग सुझाव लिने तयारी गरिएको जानकारी दिँदै उनले नीति कार्यक्रम र बजेटले समाजवादको आधार तयार गर्ने विश्वास दिलाए ।

२६ बैशाख २०८१, बुधबार ११:४६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस