|  

सुनचाँदीको मूल्य स्थिर, तोलाको कतिमा हुँदैछ कारोवार ?

२६ बैशाख २०८१, बुधबार ११:५२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


बैशाख २६, काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य मंगलबारको तुलनामा स्थिर रहेर तोलाको १ लाख ३६ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुनको मूल्य तोलाको १ हजार ३५ हजार ७ सय ५० रुपैयाँ कायम भएको छ ।

यस्तै, बुधबार चाँदीको मूल्य पनि स्थिर रहेर तोलाको १ हजार ६ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

२६ बैशाख २०८१, बुधबार ११:५२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस