|  

कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दै

२६ बैशाख २०८१, बुधबार १५:१५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


बैशाख २६, काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको बैठक बिहीबार बस्ने भएको छ ।

कांग्रेसले शुक्रबार देखि शुरु हुने बजेट अधिवेशन बारे छलफल गर्न विहिबार अपराहन्न २ बजे संसदीय दलको बैठक बोलाएको हो । बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बस्ने भएको छ । यसअघि कांग्रेसको वर्तमान पदाधिकारी र पूर्वपदाधिकारीको बैठक आज बस्दै छ ।

२६ बैशाख २०८१, बुधबार १५:१५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस