|  

कोशी प्रदेश : आगामी जेठ ११ गते बजेट अधिवेशन आह्वान

२६ बैशाख २०८१, बुधबार १५:१९ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


बैशाख २६, काठमाडौँ । आगामी जेठ ११ गते कोशी प्रदेशको बजेट अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख समक्ष कोशी प्रदेश सरकारले सिफारिस गरेको छ । कोशी प्रदेशमा नयाँ सरकार गठनको तयारी भईरहेको बेला केदार कार्की नेतृत्वको कोशी प्रदेश सरकारले आगामी जेठ ११ गते कोशी प्रदेश सभाको बजेट अधिवेशन आव्हानका लागि प्रदेश प्रमुख परशुराम खापुङ समक्ष सिफारिश गरेको छ ।

बुधवार विराटनगर स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको मन्त्रिपरिषद बैठकले ०८१ जेठ ११ गते प्रदेश सभाको बजेट अधिवेशनका लागि सिफारिश गरेको हो । प्रदेश सरकारका मन्त्रीहरुले प्रदेश प्रमुख परशुराम खापुङलाई अधिवेशन आव्हानका लागि पत्र हस्तान्तरण गरेका छन् ।

२६ बैशाख २०८१, बुधबार १५:१९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस