|  

बागमती प्रदेश सभाको बजेट अधिवेशन ३१ गते आह्वान गर्न सिफारिस

२७ बैशाख २०८१, बिहीबार १२:५० प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


बैशाख २७, काठमाडौँ । बागमती प्रदेश सरकारले प्रदेश सभाको बजेट अधिवेशन ३१ वैशाखमा आह्वान गर्न सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले बजेट अधिवेशन बोलाउनका लागि प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले अधिवेशन आह्वान गर्ने व्यवस्था छ । प्रदेश सरकार आगामी आर्थिक वर्ष २०८१-८२ को बजेट निर्माणको तयारीमा छ । त्यसैले १२ वैशाखमा हिउँदे अधिवेशन अन्त्य गरेर ३१ वैशाखबाट प्रि(बजेट छलफल सुरु गर्ने तयारी रहेको उनले बताए ।

२७ बैशाख २०८१, बिहीबार १२:५०  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस