|  

बाल मन्दिर जग्गा हिनामिना : पक्राउ पुर्जी जारी भएका २० जना {सूचीसहित}

२७ बैशाख २०८१, बिहीबार १४:४० प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


बैशाख २७, काठमाडौँ । बालमन्दिरको जग्गा हिनामिना गरेको आरोपमा नेपाल बाल संगठनका तत्कालीन अध्यक्ष रीता सिंह वैद्यसहित २० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । करिब २७ वर्ष बाल संगठनको अध्यक्ष रहेकी वैद्यसहित २० जनाविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले विहिबार जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएको हो ।

आन्तरिक र पुराना प्रतिवेदनमा बालमन्दिरको जग्गा हिनामिना भएको देखिएपछि अनुसन्धानका लागि भन्दै बिहीबार नेपाल बाल संगठनले सीआईबीमा जाहेरी दिएपछि आरोपितविरुद्ध ठगीको कसुरमा अनुसन्धान सुरु भएको छ ।

२०४९ देखि साढे २ दशकसम्म बाल संगठनको अध्यक्ष रहँदा वैद्य र उनको कार्यसमितिका पदाधिकारी एवं कर्मचारीको मिलेमतोमा बाल मन्दिरको जग्गा हिनामिना गरिएको देखिएको थियो । पछिल्लो पटक २०७२ सालमा सव लिज सम्झौता गरी वैद्यले बृहस्पतिसँग पहिले भएको लिज अवधि १६ वर्ष बाँकी छँदै थप ४३ वर्ष विसं २१३१ सम्मका लागि बाल मन्दिरको जग्गा सुम्पिएको आरोप लागेको छ ।

ठगीसम्बन्धी कसुर गर्ने ब्यक्तिको नामथर र ठेगाना (टोलसहित)

क) नेपाल बाल संगठनका तत्कालिन अध्यक्ष रीता सिंह ।

ख) नेपाल बाल संगठनका तत्कालीन उपाध्यक्ष तुलसीनारायण श्रेष्ठ ।

ग) नेपाल बाल संगठनका तत्कालीन महासचिव गणेशभक्त श्रेष्ठ ।

घ) नेपाल बाल संगठनका तत्कालीन उपमहासचिव सुमन शाक्य ।
ङ) नेपाल बाल संगठनका तत्कालिन सदस्य एवंम श्रोत तथा परिचालन उपसमिति संयोजक कृष्णशंकर साह ।
च) नेपाल बाल संगठनका तत्कालिन अख्तियार प्राप्त ऐ का महासचिव श्री श्याम कुमार आले ।

छ) नेपाल बाल संगठनका तत्कालिन अख्तियार प्राप्त ऐ का महासचिव सुवास कुमार पोखरेल ।

ज) नेपाल बाल संगठनका तत्कालीन कोषाध्यक्ष मनोहर गोपाल श्रेष्ठ ।
झ) नेपाल बाल संगठनका तत्कालीन महासचिव प्रचण्डराज प्रधान ।
ञ) नेपाल बाल संगठनका तत्कालीन महासचिव रामकाजी कोने ।
ट) नेपाल बाल संगठनका तत्कालीन उपाध्यक्ष योगेन्द्रबहादुर शाही ।
ठ) नेपाल बाल संगठनका तत्कालीन उपकोषाध्यक्ष दिपकदास श्रेष्ठ ।
ड) वृहस्पति विद्यालय व्यवस्थापन प्रा. लि (वृहस्पति विद्यासदन) का अख्तियार प्राप्त तत्कालीन अध्यक्ष चिरञ्जिवि तिवारी ।

ठ) वृहस्पति विद्यालय व्यवस्थापन प्रा.लि (वृहस्पति विद्यासदन) का सञ्चालक प्रविणराज जोशी ।

ण) वृहस्पति विद्यालय व्यवस्थापन प्रा.लि (वृहस्पति विद्यासदन) का तत्कालीन सञ्चालक मुरारीनिधि तिवारी ।
त) वृहस्पति विद्यालय व्यवस्थापन प्रा.लि (वृहस्पति विद्यासदन) का अध्यक्ष पुरुषोत्तमराज जोशी ।
(थ) वृहस्पति विद्यालय व्यवस्थापन प्रा.लि (वृहस्पति विद्यासदन) का सञ्चालक श्रद्धा संघाई ।
द) वृहस्पति विद्यालय व्यवस्थापन प्रा.लि (वृहस्पति विद्यासदन) का सञ्चालक अभिनव सिंघानिया ।
घ) वृहस्पति विद्यालय व्यवस्थापन प्रा.लि (वृहस्पति विद्यासदन) का सञ्चालक सिद्धार्थ केडिया ।
न) वृहस्पति विद्यालय व्यवस्थापन प्रा.लि (वृहस्पति विद्यासदन) का सञ्चालक कीर्तिप्रसाद पाण्डे ।

२७ बैशाख २०८१, बिहीबार १४:४०  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस