|  

फेरि फुट्यो उपेन्द्र यादव नेतृत्वको जसपा, पहिचानवादी मोर्चा घोषणा

२७ बैशाख २०८१, बिहीबार १५:४४ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


बैशाख २७, काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल फेरि फुटेको छ । योसँगै जसपा तीन टुक्रा भएको छ । जसपा नेपालबाट विभाजित भई महेन्द्र लावती नेतृत्वमा पहिचानवादी मोर्चा घोषणा भएको छ ।

उनीहरूले केही वर्षअघि संघीय लिम्बुवानलाई जसपा नेपालमा एकत्रित्र गरेका थिए । गत आइतबार जसपा नेपालबाट अशोक राईसहित सात प्रतिनिधि सभा सदस्य छुट्टिएर जनता समाजवादी गठन भएको थियो । गत सोमबार निर्वाचन आयोगले जनता समाजवादीलाई मान्यता दिएको थियो ।

पार्टी विभाजनबाट असन्तुष्ट लावतीलगायतले बिहीबार पहिचानवादी मोर्चा घोषणा गरेका हुन् । सत्ताको खेलका कारण अशोक राई नेतृत्वमा जसपा नेपाल विभाजित भएको निष्कर्ष समेत उनीहरूको छ । आगामी दिनमा विकास र समृद्धिको पक्षधर राजनीतिक शक्ति निर्माण, सबै समुदायको पहिचानको स्थापना, वर्गीय मुक्ति, समानुपातिक प्रणाली, धर्मनिरपेक्षता, विधिको शासन स्थापना र भ्रष्टाचार नियन्त्रण गर्दै देशलाई समृद्धि पथतर्फ लैजाने मोर्चाको भनाइ छ ।

 

२७ बैशाख २०८१, बिहीबार १५:४४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस