|  

नेप्सेमा सामान्य सुधार, कारोवार रकम कति ?

२७ बैशाख २०८१, बिहीबार १५:४८ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


बैशाख २७, काठमाण्डौँ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च नेप्सेमा सामान्य अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक ०.२८ प्रतिशत अर्थात ५.६३ अंकले बढेर १ हजार ९६६.२३ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३४ प्रतिशतले बढेर ३५०.६० विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१३ वटा कम्पनीको ७० लाख ५८ हजार ३९९ कित्ता सेयर ३ अर्ब १२ करोड १२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये १० वटा समूहमा हरियाली छायो भने अन्य ३ वटा समूहमा रातो पोतियो ।

आज होटल समूह सर्वाधिक अर्थात ६.९६ प्रतिशतले बढ्यो । आज बैंकिङ समूह ०.४६ प्रतिशत, विकास बैंक ०.७९,वित्त ०.६६, हाईड्रो ०.१,लगानी ०.२३,म्युचुअल फण्ड ०.१८,निर्जीवन बीमा ०.१५,अन्य ०.०१ र व्यापार समूह ०.०७ प्रतिशतले बढ्यो ।

२७ बैशाख २०८१, बिहीबार १५:४८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस