|  

शेयर बजारमा आज : धेरै कारोबार गर्ने, कमाउने र गुमाउने कम्पनीहरु कुन-कुन हुन् ?

२७ बैशाख २०८१, बिहीबार १५:५२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


बैशाख २७, काठमाण्डौँ । आज नेपाल फाइनान्स कम्पनीको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको १६ करोड ९७ लाख बढीको सेयर कारोबार भएको छ ।

त्यस्तै सोल्टी होटलको १४ करोड ४७ लाख, फर्स्ट माईक्रोफाइनान्सको ९ करोड ६६ लाख र पोखरा फाइनान्सको ९ करोड ५९ लाख बढीको सेयर कारोबार भएको छ ।

आज ओरियन्टल होटलको सेयरमूल्य सर्वाधिक बढ्यो । यो कम्पनीको सेयरमूल्य ८.४६ प्रतिशतले बढ्यो । यो दिन सिटी होटलको सेयरमूल्य ७.९९ प्रतिशत,सोल्टी होटलको ७.४१ र तारागाँउ रिजेन्सी होटलको सेयरमूल्य ६.५६ प्रतिशतले बढ्यो । आज सबैको लघुवित्तको सेयरमूल्य सर्वाधिक अर्थात ८.४८ प्रतिशतले घट्यो । यस्तै आज विन नेपाल लघुवित्तको सेयरमूल्य ४.२५ प्रतिशत र साधना लघुवित्तको सेयरमूल्य ४.२१ प्रतिशतले घट्यो ।

२७ बैशाख २०८१, बिहीबार १५:५२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस