|  

राष्ट्रिय वाणिज्य बैंकको सिइओ बन्न २० जनाको आवेदन !

२८ बैशाख २०८१, शुक्रबार ०७:५७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


बैशाख २८, काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत सिइओ बन्नका लागि डेढ दर्जन बढीको आवेदन परेको छ ।

बैंकले गत बैशाख ७ गतेदेखि सिइओका लागि आवेदन खुला गरेको थियो । बैंकले २१ दिने म्याद राखेर दरखास्त खुलाएको थियो । दरखास्त दिने अन्तिम दिनसम्म २० जनाले आवेदन दिएका हुन् ।

बैंकको सिइओ पदका लागि पहिलो आवेदन रामदेव यादवले दिएका छन् । उनले बैशाख २३ गते आइतबार सिइओका लागि आवेदन दिएका हुन् । हिजो अर्थात् बैशाख २६ गते बुधवार तीन जना अगम मुखिया, दुर्गा कुमारी कंडेल, र नरेश राज अर्यालले आवेदन दिएका थिए ।

 

२८ बैशाख २०८१, शुक्रबार ०७:५७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस