|  

तोलामा दुई हजार तीन सय रुपैयाँले बढ्यो सुनको मूल्य

२८ बैशाख २०८१, शुक्रबार ११:५९ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । सुनको मूल्य तोलामा दुई हजार तीन सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, छापावाला सुन बिहीबार प्रतितोला एक लाख ३५ हजार छ सयमा कारोबार भएको थियो ।

आजका लागि भने छापावाला सुन तोलामा एक लाख ३७ हजार नौ सय बराबरको मूल्य निर्धारण भएको छ ।

त्यस्तै, तेजाबी सुन बिहीबार प्रतितोला रु एक लाख ३४ हजार नौ सय ५० मा कारोबार भएको थियो । आजका लागि भने तेजाबी सुन रु एक लाख ३७ हजार दुई सय ५० निर्धारण भएको छ ।

यसैगरी, चाँदी भने तोलामा ५० ले बृद्धि भएको छ । बिहिबार प्रतितोला रु एक हजार छ सय ८५ मा कारोबार भएकामा आजका लागि भने एक हजार सात सय ३५ निर्धारण भएको जनाइएको छ ।

२८ बैशाख २०८१, शुक्रबार ११:५९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस