|  

सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछाने जोडिएको पुष्टि गर्ने थप आधार भेटियोः नेपाली कांग्रेस

२८ बैशाख २०८१, शुक्रबार १३:५३ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौं। नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको पुष्टि गर्ने थप आधार भेटिएको बताएको छ।

संसदीय दलको बैठकपछि बोल्दै प्रमुख सचेतक रमेश लेखक सहकारी ठगी प्रकरणमा गृहमन्त्री संलग्न रहेको पुष्टि हुने प्रमाण देखिएकाले संसदीय छानबिन समितिको अडान कायमै राख्ने निर्णय भएको जानकारी दिएका हुन्।

उनले सरकारले गैर जिम्मेवार बनेको आरोप लगाउदै सहकारी ठगी प्रकरणमा जोगाउनको लागि राज्यको संयन्त्रकै दुरुपयोग गरेको कांग्रेसले निष्कर्ष निकालेको बताए । उनले छानबिन समिति आधारभूत माग भइसक्यो भन्दै बटम लाइन भइसकेपछि अब पछि नहट्ने स्पष्ट गरे।

साथै उनले संसदीय छानबिन समिति गठन भएन भने त्यस कारणले सदनको बैठक प्रभावित भए भने त्यसको जिम्मा सरकारले लिनुपर्ने बताए ।

 

२८ बैशाख २०८१, शुक्रबार १३:५३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस