|  

दोस्रो बागमती प्रदेश युवा सम्मेलन सुरु

२८ बैशाख २०८१, शुक्रबार १४:३३ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । बागमती प्रदेश युवा परिषद्को आयोजनामा मकवानपुरको हेटौँडामा शुक्रबार दोस्रो बागमती प्रदेश युवा सम्मेलन २०८१ सुरु भएको छ ।

सम्मेलनको बागमती प्रदेशको मुख्य मन्त्री शालिकराम जम्कट्टेलले गर्नुभएको हो । सिर्जनशीलता र उद्यमशीलता प्रवर्द्धन, बामतीमा युवा सशक्तीकरण नाराका साथ सम्मेलन सुरु गरिएको हो । यस्तै, सम्मेलमनमा ९१ पालिकाबाट २०० जना युवाको सहभागिता रहेको छ । आजबाट सुरु भएको सम्मेलन आइतबारसम्म चल्नेछ ।

हेटौँडाको बुद्धचोकबाट सुरु गरिएको र्‍यालिमा बागमती प्रदेशका मुख्य मन्त्री शालिकराम जम्कट्टेल, सामाजिक विकास मन्त्री करमारी मोत्तान, बागमती युवा परिषदका कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईं, कलाकार, सुरक्षाकर्मी लगायतको सहभागिता रहेको थियो ।

 

२८ बैशाख २०८१, शुक्रबार १४:३३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस