|  

महेन्द्रोदय माबि गजुरी ३ : पुरस्कार बितरण तथा अभिभावक हाजिर जवाफ प्रतियोगीता सम्पन्न

२८ बैशाख २०८१, शुक्रबार १६:३६ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरी । महेन्द्रोदय माध्यमिक बिद्यालय गजुरी ३ राक्सिङमा पुरस्कार बितरण तथा अभिभावक हाजिर जवाफ प्रतियोगीता सम्पन्न भएको छ । प्रधानाध्यापक रमेश प्रसाद पाठको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी वडा नम्बर ३ का अध्यक्ष ऋषिलाल श्रेष्ठ रहनुभएको थियो भने बिषेश अतिथीमा गजुरी गाउँपालिका स्रोत शिक्षक सुजन भण्डारी रहनुभएको थियो ।

हाजिरी जवाफ प्रतियोगीतामा जम्मा ६ समुहले सहभागीता जनाएका थिए । प्रतियोगीतामा आमा समुह प्रथम, द्धितियमा स्वास्थ्य स्वयम्सेबिका समुह, तृतियमा क्यामुने सामुदायिक बन उपभोक्ता समुह तथा सान्त्वनामा ठूलो ढुङ्गा सामुदायिक बन उपभोक्ता समिती बन्न सफल भएका छन् ।

बिद्यार्थीहरुको लागी स्टेशनरी सामाग्रीहरु बितरण गरिएको थियो भने आमा समुहको लागी ट्रफि, प्रमाणपत्रका साथमा सम्मान समेत गरिएको सोहि बिद्यालयका शिक्षक जनक तिमल्सिनाले जानकारी दिनुभयो ।

२८ बैशाख २०८१, शुक्रबार १६:३६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस