यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । रसियाले बिहीबार राति गरेको हवाई हमलामा युक्रेनको दोस्रो ठूलो शहर खार्किबमा चार जनाको मृत्यु भएको छ भने अरु ११ जना घाइते भएका छन् ।
खार्किबका मेयर आइगोर टेरेखोभले एउटा आवाशीय भवनमा उद्धार कार्यमा खटिएका उद्धारकर्मीमाथि लक्षित गरी रसियाले दोस्रो आक्रमण गरेको र त्यसबाट तीन जना उद्धारकर्मी हताहत भएको जानकारी दिनुभयो ।
उहाँले अर्को एक आवासीय भवनमा रसियाले गरेको ड्रोन आक्रमणबाट अर्का एक व्यक्तिको मृत्यु भएको बताउनुभयो । प्रहरीले ड्रोन आक्रमणबाट मारिने व्यक्ति ६८ वर्षीया एक वृद्धा रहेको जनाएको छ ।