|  

एमाले सांसदको अवरोधका बिच `विनियोजन विधेयम२०७८´ पारित

२९ भाद्र २०७८, मंगलवार १३:३६ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौँ । मंगलबार दिउँसो १ बजे बसेको प्रतिनिधिसभा बैठकमा ‘विनियोजन विधेयक २०७८’ पारित भएको छ । नेकपा एमालेको सांसदहरूले विरोध प्रदर्शन गर्दै गर्दा बहुमतले विधेयक पारित भएको हो ।

बैठकमा अर्थमन्त्री जनादर्न शर्माले ‘विनियोजन विधेयक २०७८’ पेश गरेका थिए । उनले पेश गरेको विधेयक बहुमतले पारित गरेको हो ।

यस्तै, बैठकले पूर्व सांसद रुक्म शमशेर जबराप्रति शोक प्रस्ताव पारित गरेको छ ।

आगामी बैठक असोज ४ गते सोमबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको छ ।

२९ भाद्र २०७८, मंगलवार १३:३६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस