|  

बाढीका कारण केन्यामा ३८ जनाको ज्यान गयो

१४ बैशाख २०८१, शुक्रबार १२:११ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । केन्यामा बाढीबाट कम्तीमा ३८ जनाको ज्यान गएको छ । पछिल्लो समयमा अफ्रिकी राष्ट्रमा परेको भारी वर्षाले सामान्य व्यापारमा पनि बाधा पुर्याएको छ। केन्याको राजधानी नैरोबीको माथारे बस्तीमा बुधबार परेको वर्षामा एक जनाको मृत्यु भएको छ भने छ जना बेपत्ता भएका छन्।

यस बस्तीका प्रायः कम आम्दानी गर्ने तथा कमजोर बासस्थानमा बसोबास गर्ने समुदायका बासिन्दाहरू गम्भीर बाढीका कारण घरमै फसेको सिन्ह्वाले रिपोर्ट गरेको छ।

 

१४ बैशाख २०८१, शुक्रबार १२:११  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस