|  

गल्छि गाउँपालिका-३ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन

१४ बैशाख २०८१, शुक्रबार २३:०९ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरी । धादिङ गल्छि गाउँपालिका वडा नम्बर ३ को वडा कार्यालय भवन उद्घाटन गरिएको छ ।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले नवनिर्मित भवनको भब्य समारोहका बिच उद्घाटन गर्नुभएको हो । स्थानियहरुले दिएको जग्गामा अहिले वडा कार्यालय निर्माण गरिएको छ भने स्थानियको सेवासुबिधामा सहजता थपिएको वडा नम्बर ३ का वडा अध्यक्ष राजन भुजेलले बताउनुभयो । अहिले बिकास निर्माणका कामहरु सडक, खानेपानी, स्वास्थ्य लगायतको क्षेत्रमा क्रमश बिकास हुँदै गएको र आगामी योजनाहरुमा थप बजेटले अझ सुन्दर बनाउने लक्ष्यमा आफू रहेको बताउनुभयो ।

वडा कार्यालय भवन उद्घाटन कार्यक्रममा प्रमुख अतिथीका रुपमा रहनुभएका मुख्यमन्त्री शालिकराम जमकट्टेलले गल्छि ३ नम्बर वडालाई बिकासले जोड्ने कुरामा कुनै शंका नरहेको बताउनुभयो । अहिले सडकको अबस्था अलि असजिलो भएपनि वडा नजिकका सडकहरु पिच हुने दावी गर्नुभयो । गल्छि ३ नम्बर वडामा गर्नुपर्ने बिकासका सबै कामले गति लिने बताउनुभयो ।

फरक प्रसंगमा उहाँले धादिङ लगायत बागमती प्रदेशका हरेक ठाउँमा बालुवा तथा ढुङ्गा,गिट्टी खानीको ठाउँ तोकिनुपर्ने बताउनुभयो । उहाँले खानीजन्य बस्तु उत्खनन्मा अब नियम लागू हुनैपर्नेमा जोड दिनुभयो । अहिले जथाभावी रुपमा खनेका खानीहरुले असर गर्ने र त्रिशुली नदी पनि धमिलो बग्ने कुरालाई मध्येनजर गर्दै अब नियमपरिधिभित्र रहेर काम गर्दा अब यसमा परिवर्तन आउनेमा आफू बिश्वस्त रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका बागमती प्रदेश सांसद मधु कुमार श्रेष्ठले पनि बिकासका का मभनेर भन्दा पनि गरेर देखाउन जरुरी रहेको कुरामा जोड दिनुभयो । उहाँले अहिले प्रदेश संसदमा पनि धादिङका हरेक समस्या तथा बिकासका कामका बारेमा कुरा उठाउँदै आएको बताउनुभयो ।

कार्यक्रममा वडा कार्यालय भवन बनाउन जग्गा दानगर्ने जग्गादाताहरुलाई पनि दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

१४ बैशाख २०८१, शुक्रबार २३:०९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस