|  

‘अब ढुङ्गा, गिट्टी, बालुवा उत्खननको स्थान तोकिनुपर्छ’ : मुख्यमन्त्री जमकट्टेल

१४ बैशाख २०८१, शुक्रबार २३:०४ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरी । धादिङ लगायत बागमती प्रदेशका हरेक ठाउँमा बालुवा तथा ढुङ्गा,गिट्टी खानीको ठाउँ तोकिनुपर्ने बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले बताउनुभएको छ ।

धादिङ गल्छि गाउँपालिका वडा नम्बर ३ को वडा कार्यालय भवन उद्घाटन समारोहमा बोल्दै उहाँले अब हरेक क्षेत्रमा तोकिएका स्थानमा मात्र काम हुने वातावरण बनाउन छिट्टै पहल गर्ने बताउनुभयो ।
अहिले बिकास निर्माणका कामहरु सडक, खानेपानी, स्वास्थ्य लगायतको क्षेत्रमा क्रमश बिकास हुँदै गएको र यो बिकास अझै अपुग रहेको बताउनुभयो ।

वडा कार्यालय भवन उद्घाटन कार्यक्रममा प्रमुख अतिथीका रुपमा रहनुभएका मुख्यमन्त्री शालिकराम जमकट्टेलले गल्छि ३ नम्बर वडालाई बिकासले जोड्ने कुरामा कुनै शंका नरहेको बताउनुभयो । अहिले सडकको अबस्था अलि असजिलो भएपनि वडा नजिकका सडकहरु पिच हुने दावी गर्नुभयो । गल्छि ३ नम्बर वडामा गर्नुपर्ने बिकासका सबै कामले गति लिने बताउनुभयो ।

उहाँले खानीजन्य बस्तु उत्खनन्मा अब नियम लागू हुनैपर्नेमा जोड दिनुभयो । अहिले जथाभावी रुपमा खनेका खानीहरुले असर गर्ने र त्रिशुली नदी पनि धमिलो बग्ने कुरालाई मध्येनजर गर्दै अब नियमपरिधिभित्र रहेर काम गर्दा अब यसमा परिवर्तन आउनेमा आफू बिश्वस्त रहेको बताउनुभयो ।

कार्यक्रममा वडा कार्यालय भवन बनाउन जग्गा दानगर्ने जग्गादाताहरुलाई पनि दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

१४ बैशाख २०८१, शुक्रबार २३:०४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस