|  

बागमती प्रदेश सरकार ढाल्ने गठबन्धनको तयारी, यस्तो छ आगामी रणनीति (सहमती पत्र सहित)

२४ श्रावण २०७८, आईतवार ०९:१२ प्रकाशित
प्रदेशहब संवादाता

राजन अधिकारी


हेटौंडा

बागमती प्रदेश सरकार अविलम्ब ढल्ने सहमतीमा गठबन्धनका नेताहरु पुगेका छन् । डोरमणी पौडेल नेतृत्वको बागमती प्रदेश सरकार ढाल्ने नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एमाले माधव समूह विच सत्ता सहकार्य गर्ने गरि आन्तरिक सहमती भएको पाईएको छ । आन्तरिक रुपमा तयारी गरि प्रदेश सभामा अविस्वास प्रताव लौजने देखि माधव समूहका सांसदहरुको राजिनामा सम्मको विषय सहमतीमा उल्लेख गरिएको हो ।

यस्तो छ बागमती प्रदेश सरकार परिवर्तनका सम्बन्धमा नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) माधव नेपाल समूह विच भएको सहमती ।

बागमती प्रदेश सरकार परिवर्तनका सम्बन्धमा नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले)
माधव नेपाल समुह विच भएको सहमती

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले ५ बर्षका लागी निर्वाचित
भएको झण्डै दुई तिहाई मत नजिकको प्रतिनिधी सभालाई गैर संवैधानिक ढंगले दोश्रो पटक पनि विघटन
गरी संविधान समाप्त पार्ने प्रयत्न गर्दै सर्वसत्तावावी भुमिका प्रदर्शन गरेको, राज्यको सम्पुर्ण शक्ति हातमा
लिदै निर्वाचित तानाशाहको रुपमा कार्य गरी संसदिय बहुदलिय व्यवस्था नै समाप्त पार्न प्रयत्न गरेको र
उनकै आडमा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले पनि प्रदेशको विकास, कोरोना महामारीको
नियन्त्रण र सांसदहरुका सुझावहरुलाई वेवास्ता गरी प्रदेशको भविष्य नै अन्धकारमा पारेको हुँदा संघिय
शासन प्रणाली अन्तर्गतको प्रदेश सरकारको भुमिकालाई रक्षा गर्न तत्काल निम्न लिखित कार्यहरु गर्ने
सहमती भयो ।
१.बागमती प्रदेशमा नयाँ सरकार निर्माणका सम्बन्धमा निम्न कार्यहरु गर्ने ।
क) बागमती प्रदेशका मुख्यमन्त्री मा. डोरमणी पौडेलका बिरुद्ध नेपाली कांग्रेस र नेकपा (माओवादी
केन्द्र) को संसदिय दलको तर्फबाट आफ्ना सम्पुर्ण सांसदहरुको हस्ताक्षर गरी प्रदेश सभा सचिवालय हेटौडामा अबिस्वासको प्रस्ताव दर्ता गर्ने ।
ख) अविस्वासको प्रस्ताव पारित गराउन विवेकशिल साझा पार्टीसंग आवश्यक सम्झौता गरी
अविस्वासको प्रस्ताव दर्ता गर्न समय मै सहयोग लिने ।
ग) अविस्वासको प्रस्ताव प्रदेश सभा सचिवालय हेटौडामा दर्ता गर्ने बित्तिकै नेकपा (एमाले) का माधव
नेपाल समुहका प्रत्यक्ष निर्वाचनबाट निर्वाचित सांसदहरुले सभामुख समक्ष राजीनामा गरी उक्त
स्थानहरु खाली गराई अविस्वासको प्रस्ताव पारित गराउन आवश्यक भुमिका निभाउने ।
घ) राजिनामा गरी रिक्त रहेको स्थानमा हुने उपनिर्वाचनमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र)
को समेत समर्थनमा अविस्वासको प्रस्ताव सफल बनाउन राजीनामा दिने प्रदेश सभा सदस्य वा
सोही दलको निर्णयबाट दिईएको उम्मेदवारलाई नै साझा उम्मेदवार बनाई निर्वाचनमा सफलता
हासिल गर्ने ।
ङ) प्रदेश सभा सदस्यहरुबाट राजिनामा दिई नयाँ सरकार निर्माण गर्न महत्वपुर्ण योगदान गर्नु हुने माननीय सदस्यहरुलाई संविधानले दिएको प्रवाधान अनुसार मन्त्रीमण्डलमा सामेल गर्ने।
च) ३ वटै दलको सहमतीमा प्रदेशको मन्त्रीमण्डल बनाउने, साझा बजेट कार्यक्रम बनाउने, सहमतीमै
सरकार चलाउने र सरकारको बाँकी अवधी आलोपालो नेतृत्व गर्ने ।
छ) प्रदेश सरकार सञ्चालनको सम्बन्धमा कुनै विवाद, समस्या खडा भएमा केन्द्रिय कार्यदलको
उपस्थिती र निर्देशनमा समाधान निकाल्ने ।
ज) यस कार्यलाई सम्पन्न गर्न नेपाल कांग्रेसका तर्फबाट पुर्ण बहादुर खड्का, नेकपा (माओवादी केन्द्र)
का तर्फबाट वर्षमान पुन र नेकपा (एमाले)को तर्फबाट राजेन्द्रप्रसाद पाण्डे रहेको केन्द्रिय कार्यदल
रहनेछ ।
झ) प्रदेशमा अविस्वासको प्रस्ताब सम्बन्धी कार्यका लागी नेपाली कांग्रेसबाट ईन्द्र बहादुर बानिया,
नेकपा (माओवादी केन्द्र) बाट शालिकराम जम्मकट्टेल र नेकपा (एमाले) बाट अष्टलक्ष्मी शाक्यले
आवश्यक भुमिका निभाउनु हुने ।

२४ श्रावण २०७८, आईतवार ०९:१२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस