|  

बागमती प्रदेशका पत्रकारहरुलाइ लाई स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण

१५ बैशाख २०७७, सोमबार १३:५६ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


हेटौडा
विपद तथा जोखिम पत्रकारिता सहयोग कार्यक्रम अन्तर्गत रहेर सञ्चार रजिष्ट्रारको कार्यालय बागमती प्रदेशले यस प्रदेशका करीव पाँच सय जना पत्रकारलाई स्वास्थ्य सुरक्षासँग सम्बन्धित सामग्री हस्तान्तरण गर्न थालेको छ ।
आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलले सोमबार हेटौडामा नेपाल पत्रकार महासंघ प्रदेश समितिका अध्यक्ष प्रताप बिष्ट र महासचिव कृष्ण सारु मगरलाई हस्तान्तरण गर्नु भएको हो । हस्तान्तरण कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव विनोदप्रकाश सिंहको पनि उपस्थिति रहेको थियो ।
नेपाल पत्रकार महासंघका १३ वटै जिल्ला समिति मार्फत सम्बन्धित जिल्लामा कार्यरत पत्रकारले ती सामग्री प्राप्त गर्नेछन् । ‘बिश्वभर महामारीका रुपमा फैलिएको कोभिड १९ भाइरस कारण सुरक्षात्मक उपाय अवलम्बन गरी फ्रन्टलाइनमा काम गर्नु पर्ने पत्रकारलाई ती सामग्री उपयोगी हुने बिश्वास लिएका छौ’ सञ्चार रजिष्ट्रार रेवतीप्रसाद सापकोटाले भन्नुभयो ।
सञ्चार रजिष्ट्रारको कार्यालय बागमती प्रदेशले मकवानपुर, चितवन, धादिङ,नुवाकोट,रसुवा, काठमाडौ,ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुली,रामेछाप, दोलखा र सिन्धुपाल्चोकका पत्रकारको स्वास्थ्य सुरक्षा प्रति संम्वेदनशिल हुँदै ती सामग्री उपलब्ध गराएको हो । ‘केहि दिन भित्र काठमाडौ उपत्यकासहित सबै जिल्लामा ती सामग्री पुरयाइसक्नेछौ’ सञ्चार रजिष्ट्रार सापकोटाले भन्नुभयो ।

१५ बैशाख २०७७, सोमबार १३:५६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस