|  

आजको राशिफल

१५ भाद्र २०७८, मंगलवार ०६:५८ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौं । आज २०७८ साल भाद्र महिनाको १५ गते सोमबार, भाद्र कृष्णपक्षको नवमी तिथि । अब लागौं आजको राशिफलतर्फ :

मेष
पेशागत जीवन स्थिर रहने छ । बोलीको प्रभावकारीपनामा बृद्धि हुने छ । पारीवारिक जीवनमा भने केही द्वन्द देखा पर्ने भएकाले संयमित रहनु होला । ठेक्कापट्टा, निर्माणका काम, श्रम क्षेत्र, भाडाका सवारीसाधन, उद्योग कलकारखाना, हेभि इक्विमेण्ट जस्ता क्षेत्रमा संलग्नहरुलाई लाभ मिल्ने छ ।

वृष
पेशागत क्षेत्र अनुकुल नै रहने छ, कदर र भुमिका बढ्ने छ । नोकरी, सेवा, श्रम क्षेत्र, मजदुरी, छालाको व्यापार जस्ता क्षेत्रमा संलग्नहरुलाई समय अनुकुल रहने छ । बोलीमा रुखोपना र कडापना देखा पर्ने भएकाले यस विषयमा ध्यान दिनु होला ।

मिथुन
दुविधात्मक व्यक्तित्व हुने छ । निर्णय क्षमतामा गिरावट आउने छ । भाग्यहिनताका कारण कार्य क्षेत्रमा व्यवधान आउने छ । पेशागत जीवन औसत अवस्थामा रहने छ । बोलीको प्रभावकारीता आउने भएकाले संयमित रहनु होला । होटल, सुरक्षा निकाय, रेष्टुरेण्ट, डान्सबार, बाउन्सर जस्ता पेशामा सक्रियहरुलाई समय प्रतिकुल रहेको छ ।

कर्कट
शारीरिक कमजोरी देखिने छ । व्यक्तित्व कमजोर बन्ने छ । दाम्पत्य जीवनमा पनि समस्या देखा पर्ने छ । समय प्रतिकुल रहेकाले धैर्यता साथ पाइला चाल्नु नै बुद्धिमानी हुने छ ।सेक्युरिटि, सुरक्षा निकाय, खेल, अग्नि रक्षक, होलट रेष्टुरेण्ट जस्ता क्षेत्रमा सक्रियहरुलाई समय चुनौतिपूर्ण देखिन्छ ।

सिंह
नरमपना देखा पर्ने भए तापनि कमजोर मनोबलयुक्त व्यक्तित्व हुने छ । शारीरिक समस्याहरु देखा पर्ने छ । निर्णय क्षमतामा कमि देखा पर्ने छ । उच्चरक्तचाप, छाति, रगत जस्ता विषयमा सतर्क रहनुहोला । आम्दानीमा हल्का बृद्धि हुने हुँदा केही राहत मिल्ने छ । शिक्षण, प्रध्यापक, शिक्षा क्षेत्र, स्टेसनरी, पुस्तक पसल जस्ता क्षेत्रमा संलग्नहरुलाई समय सकारात्मक छ ।

कन्या
लक्ष्य प्राप्तिमा बाधाहरु उत्पन्न हुने छन् ।साझेदारीमा गरिएका कामहरुका समस्या देखा पर्न जाने छ । आम्दानीमा गिरावट आउने छ । धैर्य भएर पाइला चाल्नु पर्ने समय रहेकाले संयमित रहनु होला । चुनौतिपूर्ण र धेरै जोखिमपूर्ण बिधामा सक्रियहरुले अत्यन्त धैर्यतापूर्वक पाइला चाल्नु पर्ने समय छ ।

तुला
बोलीको प्रभाव घट्ने हुँदा बन्न खोजको कामहरुमा अवरोध आउने छ । पेशागत जीवनमा चुनौतिहरु देखा पर्ने छन्, बादबिबादको अवस्था आउने छ । त्यसैले संयम भएर पाईला चाल्नु पर्ने देखिन्छ । शिक्षण, शिक्षा क्षेत्र, सेक्युरिटी गार्ड, सुरक्षा निकाय, ठोक्कापट्टा जस्ता क्षेत्रमा सक्रियहरुलाई समय प्रतिकुल छ ।

वृश्चिक
पेशागत क्षेत्रमा स्थिरता देखा पर्ने हुँदा यसले केही राहत प्रदान गर्ने छ । साझेदारीमा गरिएका कामहरु पनि सकारात्मक रहने छ । मनमा अनावश्यक दबाब देखिँदा तनाव र निराशाले सताउने छ । दुध, पेय पदार्थ, मदिरा, पानी, कोल्ड ड्रिङ्स, आयात निर्यात जस्तामा पेशामा आवद्धहरुलाई फाइदा मिल्ने छ ।

धनु
परीवारिक जीवनमा कटुता र तनाव देखिने छ । रोग प्रतिरोधात्मक क्षमतामा गिरावट आउने भएकाले यसबारेमा सतर्क रहनु होला । शारीरिक रुपमा धेरै कमजोरीहरु देखा पर्दा मनोवलको अभाव देखिन जाने छ । होटल, रेष्टुरेण्ट, जलविद्युत, शिक्षा, परामर्श जस्ता क्षेत्रमा आवद्धहरुलाई समय प्रतिकुल रहने छ ।

मकर
दृढ खालको व्यक्तित्व हुँदा अरुले हेप्न सक्ने छैनन् । तर मनमा भने निराशा भावले सताउने छ । मनलाई नियन्त्रणका लागि प्रयास गर्नु होला । साझेदारीमा गरिएका कामहरुमा बिबाद देखा पर्ने छ । दुग्धजन्य व्यापार, डेरी, कोल्ड ड्रिङ्स, पानी, मदिरा जस्ता क्षेत्रमा आवद्धहरुलाई समय प्रतिकुल रहने छ ।

कुम्भ
पेशागत जीवनमा अस्थिरताका क्रम देखा पर्ने छ । कार्यालयमा आफूभन्दा माथिल्ला पदका पदाधिकारीहरुसँग बुझाइको अन्तर हुने र बिबाद चर्किने भएकाले संयमित भई पाइला चाल्नु उपयुक्त हुने छ । बौद्धिक क्षेत्र र पेशागत जीवनको बास्तविक धरातल बीच सन्तुलन नहुँदा मनमा निराशाले गाँज्ने छ ।

मीन
दुविधात्मक व्यक्तित्व देखा पर्ने हुँदा अरुले अनयोलग्रस्त अनुभुति गर्ने छन् । भाग्यहिनताका कारण मनमा पनि हिन भावनाले पिरोल्ने छ । पेशागत जीवनमा केही समस्याहरु देखा पर्ने भएकाले धैर्य भएर पाइला चाल्नु होला । सख्खर, चिनी, धार्मिक वस्तुको कारोवार, सजावटको व्यापार जस्ता क्षेत्रमा रहेकाहरुलाई समय अनुकुल रहने छैन् ।

१५ भाद्र २०७८, मंगलवार ०६:५८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस