|  

गण्डकी गाउँपालिकाका अध्यक्ष ‘साकार’ जनताको घर-घरमा, जनतामा खु:शीयाली

१२ भाद्र २०७९, आईतवार १३:१८ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गोरखा ।
गोरखाको गण्डकी गाउँपालिकाका अध्यक्ष दिपक तिमल्सिना (साकार) शहीद, बेपत्ता परिवार तथा जनताका समस्या बुझ्न जनभेटघाट अभियान सुरु गरेका छन । कार्यालयको कामलाई असर नपर्ने गरी बिदाको समय मिलाएर उनले गाउँपालिका भित्र रहेका जनयुद्धका शहीद, बेपत्ता परिवार, घाइते तथा आम जनतासंग भेटघाट सुरु गरेका हुन् ।
नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) को गण्डकी प्रदेश समितिका सदस्य समेत रहेका अध्यक्ष तिमेल्सिनाले गाउँपालिकाको वडा नम्बर ३ र ४ पुगेर जनयुद्धका शहीदहरु दिपक देवकोटा, धुव्र पोखरेल, मनोज पन्त, संगीता ढकालको परिवारलाई भेटघाट गरेका छन । घरमा आएर आफ्ना सुःख दुःख र समस्या बुझ्न गाउँपालिका अध्यक्ष घरमै आएपछि शहीद परिवार समेत खुशी भएका छन् ।

‘भेटघाटका क्रममा शहीद परिवारहरुले शहीदको सपना पुरा गर्ने गरी गाउँपालिकाले योजना तथा कार्यक्रम ल्याउनुपर्ने सुझाव पाएको छु, अध्यक्ष तिमेल्सिनाले भने, ‘पारदर्शिताका सवालमा कमजोरी हुनुुहुदैन भन्ने उनीहरुको सुझाव छ यसमा म दृढ पनि छु ।’ भेटका क्रममा शहीद परिवारहरुले गाउँपालिकाको बजेट तथा कार्यक्रमहरु गरिव तथा निमुखा बर्गको हित र उत्थानमा केन्द्रीत हुने गरी कार्यान्वयन गर्न सके समग्र गाउँपालिकाको बिकास हुनसक्ने र समाज रहेका बर्गिय समस्याको समाधान हुन भएकाले त्यस तर्फ जोडदिन आग्रह गरेको उनको भनाई छ ।
‘शहीद बेपत्ता परिवारलाई सम्बोधन गर्नुपर्छ भन्ने पनि उनीहरुको भनाई छ, अध्यक्ष तिमेल्सिनाले भने,सरकारले शहीद, बेपत्ता तथा घाइते परिवारलाई हेर्ने भेटघाट गर्ने कुरा टाढा नहोस् निकट नहोस् भन्ने पनि चाहाना छ, म यसलाई निरन्तरता दिन्छु ।’ मेरो हरेक हप्ताको शुक्रबार र शनिबार गाउँपालिकाको बिकास निर्माणको अनुगमन गर्ने, जनतासंगको भेटघाट र गुनासो गर्ने सुन्ने अबसर पनि संगैसंगै हुनेछ, उनले भने , सोही क्रममा शहादत प्राप्त गरेका अमर शहीदहरु प्रति श्रद्धान्जली अर्पण गर्ने शहीद, बेपत्ता तथा घाइते परिवार भेटघाट गर्ने तालिका नै छ ।’ नेताहरु सत्तामा पुगेपछि जनताका कुरा नसुन्ने, शहीद बेपत्ता तथा घाइतेहरुलाई भुल्ने गरेको आरोप लाग्ने गरेका बेला अध्यक्ष तिमेल्सिना भने सत्तामा पुगेपछि झनै नियमित रुपमा जनभेटघाट तथा शहीद बेपत्ता परिवारको घरदैलोमा पुग्न थालेपछि गण्डकी गाउँपालिका जनता खुशी भएका छन् ।

१२ भाद्र २०७९, आईतवार १३:१८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस