|  

माओवादी केन्द्रले गठबन्धनबाट प्रत्यक्ष निर्वाचन लड्ने निर्वाचन क्षेत्र यस्ता छन्

१३ आश्विन २०७९, बिहीबार १०:०३ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौं। प्रतिनिधि सभातर्फको निर्वाचनको लागि माओवादी केन्द्रले लड्ने अधिकांश निर्वाचन क्षेत्रमा सहमति जुटेको छ। सत्ता गठबन्धनको बुधबार बसेको बैठकले सिट फाँडफाँटबारे सहमति जुटाउँदै माओवादीले लड्ने अधिकांश निर्वाचन क्षेत्रमा सहमति जुटाएको हो।

जसअनुसार झापा २, ५, भोजपुर, मोरङ ४, ५, सोलुखुम्बु, उदयपुर २, सिरहा ३, धनुषा १, महोत्तरी १, सर्लाही ३, सिन्धुली १, नुवाकोट १, काठमाडौं २, काठमाडौं ९, काभ्रे १, सिन्धुपाल्चोक १, चितवन ३, गोरखा २, लमजुङ कास्की १ वा ३, बागलुङ २, कपिलबस्तु १, रुकुम पूर्व, रोल्पा, दाङ २, बाँके १, बर्दिया २, नवलपरासी पश्चिम १,जुम्ला, कालीकोट, जाजरकोट, हुम्ला, रुकुम पश्चिम, अछाम १, कैलाली २ र ३ बैतडी, कञ्चनपुर १ मा माओवादीले टिकट पाउने करिव सहमति जुटेको छ।

एक नेताका अनुसार बाबुराम भट्टराई नेतृत्वको नेसपासहित जोडेर माओवादी केन्द्रले ५३ सिट पाउने करिब सहमति जुटेको छ। बारा ४, अछाम १, सल्यान नवलपरासी १, रुपन्देही १, धादिङ १ सर्लाही २ र खोटाङमा अन्य पार्टीको पनि दाबी रहेकाले सहमतिको प्रयास जारी ती नेताले बताए।

१३ आश्विन २०७९, बिहीबार १०:०३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस