|  

खेलकुद र खेलाडीको विकासमा गाउँपालिकाले सहयोग गर्छ – अध्यक्ष श्रेष्ठ

१८ श्रावण २०८०, बिहीबार १८:०५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


“राष्ट्रको लागि खेलकुद स्वास्थ्यको लागि खेलकुद” नेपाल केन्पो खुकुरी मार्शल आटर्श संघ जिल्ला खेलकुद समितिको आयोजनामा गजुरी गाउँपालिका वार्ड न.६ आदमघाटमा प्रथम सम्मेलन सम्पन्न भएको छ।

गजुरी गाँउपालिका बडा नं ६ आदमघाटमा नेपाल केन्पो खुकुरी मार्शल आर्ट संघको आयोजनमा प्रथम अधिबेशन तथा जिल्ला भेलाबाट धादिङ जिल्ला संघमा मलेखुका सुमन त्रीपाठी अध्क्षयता ७ सद्स्य कमिटि सर्बसम्मत चयन गरिएको जिल्ला खेलकुद समिति का अध्यक्ष प्रताप तामाङले बताउनुभयो।

गजुरी गाउँपालिका सरकारका सरकार प्रमुख अर्थात सबैको अभिभावक गणेशलाल श्रेष्ठले गजुरी गाउँपालिकाको तर्फबाट खेलकुदको लागि पैसा छुट्याएको र अब आउँदा दिनहरुमा खेलकुद निर्माणमा अघि बढ्ने र गर्नु पर्ने सहयोग सधैं गर्ने प्रतिबद्धता यस कार्यक्रममा जनाउनुभएको छ।

गजुरीलाई अब आउने दिनहरुमा खेलकुद बिकासमा जोड दिने बताउदै जिम हल बनाउने,भलिबल,फुटबल लगायत अन्य खेलकुदलाई सधैं सकारात्मक दुष्टिकोणले हेर्ने र गजुरी गाउँपालिकालाई खेलाडी मय बनाउने गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले बताउनुभयो।

१८ श्रावण २०८०, बिहीबार १८:०५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस