|  

बागलुङ निसी बस दुर्घटना : ७ जनाको मृत्यु, २५ जना घाइते

५ चैत्र २०८०, सोमबार २०:१० प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


चैत्र ५, काठमाण्डौा । बागलुङको निसीखोलामा सोमबार साँझ बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । पश्चिम रुकुमबाट काठमाडौंका लागि हिँडेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको बस बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीमा दुर्घटना भएको हो ।

दुर्घटनामा ७ जना यात्रुको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिए । उनले दुर्घटनामा २०र२५ जना घाइते रहेको बताए । घाइतेहरूको प्रहरी र स्थानीयले उद्धार गरी उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङ पठाइएको प्रहरी निरीक्षक विकले जानकारी दिए ।

बस मध्यपहाडी लोकमार्गबाट १ सय ५० मिटर तल खसेको प्रहरी निरीक्षक विकले बताए ।

५ चैत्र २०८०, सोमबार २०:१०  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस