|  

घुँडामा गोली ठोकेर प्रहरीले समात्यो दुई जना ‘डाका’

६ चैत्र २०८०, मंगलवार ०९:४४ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


चैत्र ६, सर्लाही । सर्लाहीमा डाका पक्रिन प्रहरीले गोली चलाएको छ । गए राति साढे ९ बजे बरहथवामा गोली चलाएर दुई जना डाकालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । भारत मोतिहारी घर भएका जितेन्द्र राउत प्रहरीको गोली लागेर घाइते भएका छन् ।

उनको वायाँ खुट्टाको घुँडामा गोली लागेको छ । सर्लाही प्रहरीका अनुसार खतरामुक्त अवस्थामा उनको उपचार भइरहेको छ । मलंगवास्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । राउतसँगै मोटरसाइकलमा सवार अर्का एक जना पक्राउ परेका छन् । आरोपीहरूविरुद्ध अपहरण र शरीर बन्धक कसुरमा एक दर्जन मुद्दा रहेको प्रहरीले जनाएको छ ।

६ चैत्र २०८०, मंगलवार ०९:४४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस