|  

राष्ट्रियसभा अध्यक्ष दाहाललाई गजुरी गाउँपालिकाले गर्‍यो सम्मान

१४ चैत्र २०८०, बुधबार १५:४८ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरी । राष्ट्रियसभाका नवनिर्वाचित अध्यक्ष नारायणप्रसाद दाहाललाई गजुरी गाउँपालिकामा स्वागत तथा सम्मान गरिएको छ । आज गजुरी गाउँपालिका छात्रवासमा आयोजित एक कार्यक्रममा प्रमुख गणेशलाल श्रेष्ठले उहाँलाई माला लगाइदिनुका साथै सम्मान पत्र प्रदान गर्नुभयो ।

गाउँपालिका प्रमुख श्रेष्ठले गजुरी गाउँपालिकाले अबिभावकका रुपमा दाहाललाई लिएको र आगामी कार्यकालमा सम्झन लायक काम गर्न शुभकामना दिनुभयो ।

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सिङ्गो राष्ट्रलाई एकताबद्ध गर्ने महत्त्वपूर्ण जिम्मेवारी राष्ट्रियसभाको भएको बताउनुभयो ।
गजुरी गाउँपालिकाले आयोजना गरेको सम्मान कार्यक्रममा उहाँले तीन तहको सरकारलाई एकताबद्ध गर्दै अघि बढाउने काम राष्ट्रियसभाको रहेको भन्दै त्यो दिशामा सभालाई लैजान आफू लागिपर्ने बताउनुभयो ।

संविधानले राष्ट्रियसभालाई दिएको अधिकार र दायराबारे आम जनमानसमा जानकारी गराउन अफ्नो कार्यकाल फलदायी हुने विश्वास उहाले व्यक्त गर्नुभयो । राष्ट्रियसभालाई अहिले प्रतिनिधिसभाको छायाँका रुपमा लिने गरिएको भन्दै उहाले त्यस्तो नभएको जिकिर गर्नुभयो ।

अहिलेको संविधान कार्यान्वयनका लागि धेरै कानुनहरु बन्न आवश्यक रहेको बताउँदै उहाँले ती कानुन बनाउन सरकारलाई झकझक्याउन आफूले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । संघ, प्रदेश र स्थानीय तहलाई आवश्यक कानून निर्माण गर्न राष्ट्रियसभाको अध्यक्षको हैसियतले पुलको भूमिका निर्वाह गर्ने उहाँको भनाइ थियो ।
फागुन २९ गते उहाँ राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

 

१४ चैत्र २०८०, बुधबार १५:४८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस