|  

आजको मौसम : कोशी, बागमती र गण्डकीमा वर्षा, हिमाली क्षेत्रमा हिमपात

१५ चैत्र २०८०, बिहीबार ०६:४१ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


चैत्र १५, काठमाडौँ । नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहँदा अहिले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार दिउँसो पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही अन्यत्र आंशिक बदली रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशसहित अन्य एकाध स्थानमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

त्यसैगरी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको विभागको भनाइ छ।
साथै, राति देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान र देशका अन्य भू–भागमा समेत हल्कादेखि मध्यम वर्षा हुनेछ ।

१५ चैत्र २०८०, बिहीबार ०६:४१  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस