|  

बन्चरेडाँडा जाने फोहरको परिमाण कम गर्ने कार्ययोजना तत्काल लागू हुने

१५ चैत्र २०८०, बिहीबार ०९:५९ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


चैत्र १५, काठमाडौँ । शहरी विकासमन्त्री धनबहादुर बुढाले बन्चरे डाँडाको ल्याण्डफिल साइटमा जाने फोहरको परिमाणलाई कम गर्ने गरि स्थानीय तहसँग समन्वय गर्ने बताएका छन् ।

सिंहदरबारस्थित शहरी विकास मन्त्रालयमा बुधबार बसेको बैठकमा मन्त्री बुढाले बन्चरेडाँडामा फोहर बिर्सजन गरिरहेका सवै स्थानीय तहहरूलाई यथाशिघ्र फोहोरमैला वर्गीकरण गरी ल्याण्डफिल साईटमा जाने फोहरको परिमाण कम गर्न लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत परिपत्र गर्ने व्यवस्था मिलाउन निर्देशन दिए का हुन् । बैठकले काठमाडौं उपत्यकाको फोहर व्यवस्थापनका लागि अल्पकालीन र दीर्घकालीन कार्ययोजना समेत कार्यान्चयन गर्ने निर्णय गरेको छ ।

जसअन्तर्गत अल्पकालिन कार्ययोजनामा शहरी विकास मन्त्रालयले खानेपानी मन्त्रालय, काठमाडौं महानगरपालिका र ललिपतपुर महानगरपालिकासँग आवश्यक समन्वय गर्नेछ । ल्याण्डफिल साइटमा फोहर मैलाको व्यवस्थापनका लागि तोकेको मापदण्ड वमोजिम अवश्यक पर्ने उपयुक्त प्रविधि तथा उपकरण यकिन गरी स्थानीय तहमार्फत खरिद प्रक्रिया अघि बढाउन शहरी विकास मन्त्रालयले आवश्यक सहजीकरण गर्ने निर्णय भएको मन्त्री बुढाले बताए ।

१५ चैत्र २०८०, बिहीबार ०९:५९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस