|  

आज सुनको मुल्य तोलामा १ लाख २७ हजार ९ सय रुपैयाँ

१५ चैत्र २०८०, बिहीबार १२:२३ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौं । नेपाली बजारमा आज बिहीबार सुनको भाउले नयाँ इतिहास रचेको छ । बुधबार प्रतितोला १ लाख २६ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ११ सय रुपैयाँले बढेको छ ।

आज छापावाला सुन १ लाख २७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो । यस अघि चैत ८ गते सुनको भाउ प्रतितोला १ लाख २७ हजार ८ सय रुपैयाँ पुगेको थियो । तेजावी सुन तोलामा १ लाख २७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेको छ । यस दिन चाँदि प्रतितोला १ हजार ५ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

१५ चैत्र २०८०, बिहीबार १२:२३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस