|  

देशभर बदलीसँगै केही दिन वर्षा जारी रहने

१५ चैत्र २०८०, बिहीबार १२:४४ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । पश्चिमी वायुको प्रभावले बागमती, कोशी र गण्डकी प्रदेशमा निरन्तर वर्षा भइरहेको छ । देशभर बदलीसँगै केही दिन वर्षा जारी रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

विभागका मौसमविद् गोविन्दकुमार झाका अनुसार पश्चिमी वायु, स्थानीय वायु र अरब सागरबाट आएको जलवास्पयुक्त हावाको प्रभावले नेपालको मौसममा प्रभाव देखिएको हो ।

 

१५ चैत्र २०८०, बिहीबार १२:४४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस