|  

ढुंगागिट्टी बालुवा सम्बन्धी विधेयक छिटो टुगिन्छ : प्रधानमन्त्री दाहाल

१५ चैत्र २०८०, बिहीबार १५:०१ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ढुंगागिट्टी बालुवा सम्बन्धी विधेयक छिटो टुंगिने बताएका छन् । राष्ट्रिय विकास समस्या समाधान समितिको ५२ औं बैठकलाई सम्बोधन गर्दै उनले यो विधेयकलाई छिटो टुंग्याइने बताए ।

यो विधेयकले टुंगो पाएसँगै स्थानीय तहदेखि प्रदेशले समेत उठाएका निर्माणसँग सम्बन्धित समस्या समाधान हुने उनको भनाइ छ । उनले काम गर्न नसक्ने हो भने पद ओगटेर बसिराख्नु आवश्यक नरहेको बताए ।

संघीयता कार्यान्वयनलाई प्रभावकारी बनाउने सम्बन्धमा सरकार गम्भीर रहेको भन्दै उनले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयेगले उठाएका विषयलाई गम्भीर रुपले लिएको बताए ।

 

१५ चैत्र २०८०, बिहीबार १५:०१  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस