|  

सुनको मूल्यले लगातार नयाँ रेकर्ड राख्दै, तोलाको १ लाख ३० हजार

१६ चैत्र २०८०, शुक्रबार ११:१४ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । नेपाली बजारमा सुनको मूल्यले १ लाख ३० हजारको नयाँ कीर्तिमानी कायम गरेको छ । अघिल्लो दिन प्रतितोला १ लाख २७ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज थप २ हजार एक सय रुपैयाँले बढ्दै १ लाख ३० हजार रुपैयाँ कायम भएको हो ।

यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा २ हजार एकसय रुपैयाँले नै बढ्दै १ लाख २९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता चाँदीको मूल्य भने आज तोलामा १५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ५ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ५ सय १० रुपैयाँमा करोबार भएको थियो ।

१६ चैत्र २०८०, शुक्रबार ११:१४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस