|  

दक्षिण अफ्रिकामा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु

१६ चैत्र २०८०, शुक्रबार ११:२० प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौं । दक्षिण अफ्रिकामा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ४५ जनाको ज्यान गएको छ । दुर्घटनास्थलमा आठ वर्षीया एक बालिका भने जीवितै फेला परेकी छन् । उनलाई घाइते अवस्थामा उद्धार गरी अस्पताल भर्ना गरिएको छ ।

बोत्स्वानाको राजधानी गेबोरोनबाट इस्टर मनाउन मोरिया शहरतर्फ गइरहेकाहरु विहीबार दुर्घटनामा परेका हुन् । उनीहरु सवार बस अनियन्त्रित हुँदै पहाडमा ठोक्किएर पुलबाट करिब ५० फिट तल खाल्डोमा खसेको थियो । त्यसपछि बसमा आगो लागेको थियो । दुर्घटनास्थल जोहानेसबर्गबाट करिब ३०० किलोमिटर उत्तर पहाडी क्षेत्रमा पर्दछ ।

 

१६ चैत्र २०८०, शुक्रबार ११:२०  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस