|  

तेस्रो पटक बागमती प्रदेशका मुख्यमन्त्री जम्मकट्टेलले विश्वासको मत लिँदै

१६ चैत्र २०८०, शुक्रबार १२:५६ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आगामी चैत १९ गते प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् । केन्द्र सरकारको गठबन्धनमा आएको उलटफेरको प्रभाव प्रदेशहरुमा पनि देखिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेससँगको गठबन्धन तोडेर एमालेसहितको सरकार बनाएपछि बागमती सरकारबाट कांग्रेस बाहिरिएको थियो ।

विश्वासको मत लिने प्रयोजनका लागि नेकपा ९माओवादी केन्द्र० बागमतीका मुख्य सचेतक रत्न ढकालले आज प्रस्ताव दर्ता गराएका छन् । कूल ११० सदस्यी बागमती प्रदेश सभामा एमालेका २७, माओवादीका २१, नेकपा ९एकीकृत समाजवादी० का ७ सांसद छन् । दुई सिटे हाम्रो नेपाली पार्टी पनि सरकारमा सहभागी भएसँगै सत्तारुढ दलको पक्षमा ५७ सिट पुगेको छ । बागमतीमा सरकार गठनका लागि ५६ सांसदको समर्थन आवश्यक छ ।

०७९ को आम निर्वाचनपछि मुख्यमन्त्री बनेका जम्मकट्टेलले प्रदेश सभाबाट तेस्रो पटक विश्वासको मत लिँदैछन् ।

 

१६ चैत्र २०८०, शुक्रबार १२:५६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस