|  

नवनियुक्त मन्त्री बज्रचार्यलाई हाम्रो नेपाली पार्टीले कारबाही गर्ने

१६ चैत्र २०८०, शुक्रबार १३:३७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


बाग्मती । प्रदेशमा हालै नियुक्त भएका पार्टीकालाई हाम्रो नेपाली पार्टी हानेपाले कारबाही गर्ने भएको छ । हिजो मात्रै बागमती प्रदेश सरकारमा सहभागी भएका प्रदेश संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यलाई कारबाही गर्ने भएको हो ।

शुक्रबार प्रदेश राजधानी हेटौंडामा आकस्मिक पत्रकार सम्मेलन गर्दै सो पार्टीका केन्द्रीय अध्यक्ष अनन्तराज घिमिरेले पार्टी निर्णय विरुद्ध गएका भन्दै बज्राचार्यलाई कारबाही गर्ने जनाएका हुन ।

बज्राचार्य बिहीबार मात्रै प्रदेशको संकृति, पर्यटन तथा सहकारी मन्त्रीमा नियुक्त भएका थिए । उनी सत्ता साझेदार दलहरुसँग ५ बुँदे सहमती गर्दै सरकारमा सहभागी भएका हुन् ।

१६ चैत्र २०८०, शुक्रबार १३:३७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस