|  

सात संसदीय समितिको बैठक आज बस्दै

२२ चैत्र २०८०, बिहीबार ०९:३१ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


चैत्र २२, काठमाडौँ । संघीय संसद् अन्तर्गतका सात संसदीय समितिको बैठक आज बस्दैछ । प्रतिनिधि सभाको अर्थ समितिमा उजुरी छानबीन उपसमितिमा हालसम्म भएका कामकारबाहीको जानकारी सम्बन्धमा छलफल हुने कार्यसूची छ ।

बैठक बिहान ११ बजे बोलाइएको छ । प्रतिनिधिसभाकै उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा प्रत्यायन ऐन, २०७९ को दफा ३ मा व्यवस्था भए बमोजिमको नेपाल प्रत्यायन केन्द्रको स्थापना गर्ने सम्बन्धमा मन्त्रालयबाट हालसम्म भए गरेको कामकारबाहीका बारेमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका पदाधिकारीसँग छलफल हुनेछ ।

२२ चैत्र २०८०, बिहीबार ०९:३१  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस