|  

चैते रोपाइँमा व्यस्त धादिङका किसान

२२ चैत्र २०८०, बिहीबार १२:०७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


धादिङ । धादिङका किसानहरु अहिलेको समय चैतेधान रोप्न व्यस्त भएका छन् । समयमा पर्याप्त वर्षा नभएपछि रोपाइँमा विलम्ब भएको हो । केही दिनअघि मात्र पानी परेपछि अहिले किसानहरु खेतमा व्यस्त भएका हुन् ।

चैतको सुरुआतमै धान रोपिसक्नुपर्ने भए पनि तीन बाली लगाउने खेतमा तरकारी बाली उठाएर रोपाइँ गर्नुपरेकाले केही ढिलो भएको नीलकण्ठ नगरपालिका–७ का किसान बलराम अधिकारीले बताए ।

कृषि विकास कार्यालय धादिङका अनुसार जिल्लाभर दुई हजार दुई सय ८८ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ । जिल्लामा दश हजार मेट्रिक टन चैतेधान उत्पादन हुँदै आएको वरिष्ठ कृषि प्रसार अधिकृत निर्मला गुरुङले जानकारी दिइन् । उनले रोपाइँ भर्खर प्रारम्भ भएकाले चैतेधान कति किसानले रोपे भन्ने विवरण सङ्कलन भइनसकेको बताइन् ।

२२ चैत्र २०८०, बिहीबार १२:०७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस