|  

सरकारले हिमाल आरोहण अनुमति दिएवापत ४२ करोड १२ लाख रोयल्टी सङ्कलन

३ बैशाख २०८१, सोमबार १४:३१ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । वसन्तयाममा हिमाल आरोहणका लागि अनुमति दिएवापत् सरकारले ४२ करोड १२ लाख रुपैयाँ रोयल्टी सङ्कलन गरेको छ । हिजोसम्म २१ वटा हिमालका लागि पाँच सय ७३ जनालाई अनुमति दिंदा ४२ करोड १२ लाख ७८ हजार रुपैयाँ रोयल्टी सङ्कलन भएको पर्यटन विभागका निर्देशक राकेश गुरुङले जानकारी दिनुभयो ।

सगरमाथाबाट मात्रै ३७ करोड ६६ लाख रुपैयाँ सङ्कलन भएको छ । अनुमति लिएका २१ वटा हिमालमध्ये वसन्तयामका लागि सबैभन्दा धेरै सगरमाथामा दुई सय ६४ जनाले अनुमति लिएका छन् ।

३ बैशाख २०८१, सोमबार १४:३१  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस