|  

धादिङमा मलको समस्या आउन नदिन कोटा बढाईएको छ’ : मुख्यमन्त्री जमकट्टेल

१५ बैशाख २०८१, शनिबार १७:५० प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरी । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले धादिङ लगायतका जिल्लामा मलको कोटा बढाउन निर्देशन दिईएको बताउनुभयो ।
थाक्रे गाउँपालिकामा निर्माण भएका थाक्रे ३ नम्बर नजिक बनेको ढोका भन्ञ्याङ पुल तथा तीन नम्बर वडा कार्यालय भवनको समुद्घाटन समारोहमा उहाँले अब धादिङमा मल सहज रुपमा पाउने ब्यबस्था गरिने बताएका हुन् ।

प्रदेश सरकारको बिषेश अनुदानमा निर्माण भईरहेको महादेवबेशी, ढोका भन्ञ्याङ निगाले खोला सडक निर्माण तिब्र रुपमा अगाडी बढीरहेको छ । प्रदेश सरकारको बजेटमा निर्माण भईरहेको यो सडक मकवानपुरको मनहरिसम्म पुग्ने छ । गाउँ गाउँमा बिकासको लहर आईरहेको अनुभुति गर्दै अबको दिनमा पनि यस्ता बिकास निर्माणमा जोड दिन स्थानियहरुले अनुरोध गरेका छन् ।
प्रमुख अतिथीका रुपमा रहनुभएका बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले प्रदेशले गर्ने बिकासमा बराबरी हुने र आगामी योजनाहरुले पनि थप बिकासमा टेवा पुग्ने बताउनुभयो । अहिले टुक्रे योजनाहरुभन्दा पनि ठूला योजनाहरुलाई बिषेश प्राथमिकता दिने उहाँको भनाई थियो ।

शिक्षामा अहिले भईरहेको पाठ्यक्रम अधुरो रहेको भन्दै अब रोजगारमूलक शिक्षालाई जोड दिनुपर्ने उहाँको भनाई थियो । यो कार्यक्रमका लागी अहिले प्रदेशबाट शिक्षा ऐन पनि पारित भइसकेको उहाँको जोड थियो ।

जनप्रतिनिधी तथा सरकारी कर्मचारीहरुले निराशाभन्दा पनि अब बिकास तथा उत्थानका कुरामा जोड दिनुपर्ने उल्लेख गर्नुभयो । अहिले सडक पुर्वाधार देखि सर्बत्र निर्माणको काम भईरहेको र जाम, धुलोले पनि निराशा बढेको भन्दै यस्ता निराशा अब जगाउन नहुने कुरामा उहाँको जोड थियो । धादिङ जिल्लालाई शिक्षा, स्वास्थ्य, खानेपानी, सडक बाटो लगायतका सबै क्षेत्रमा सफल बनाउन आफू लागीरहेको र यो एकै पटक गर्न नसकिनेमा उहाँको जोड थियो ।

अहिले भईरहेको शिक्षा निती देखि पढाईको गाुणस्तरियतालाई पनि ख्याल गर्न सके सबै क्षेत्रमा अब्बल हुँन सकिने कुरामा दुई मत नरहेको उहाँको भनाई थियो । मलको कोटा धादिङ लगायत बागमती प्रदेशभरिका जिल्लामा बढाउन निर्देशन दिईएको उहाँको भनाई थियो । उहाँले सबै क्षेत्रलाई बिषेश प्राथमिकता दिने र आगामी बजेटमा स्थान दिने कुरामा बिश्स्वस्त हुन पनि जोड दिनुभयो ।

१५ बैशाख २०८१, शनिबार १७:५०  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस