|  

गजुरीमा संसद विघटनविरुद्ध कांग्रेसको बिरोध प्रदर्शन

१३ पुष २०७७, सोमबार १९:५७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरी/धादिङ-असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावादतर्फ उन्मुख प्रतिनिधिसभा विघटनको विरुद्ध नेपाली काँग्रेस संघीय निर्वाचन क्षेत्र नं.१, धादिङको आयोजनामा आज सोमबार गजुरीमा विरोध प्रदर्शन भएको छ।
संसद विघटनविरुद्ध कांग्रेसले सोमबार देशैभर प्रदर्शन गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन गरिएकोविरुद्ध कांग्रेसले सोमबार १६५ निर्वाचन क्षेत्रमै विरोध प्रदर्शन आयोजना गरेको थियोे ।
कांग्रेसको प्रदर्शनमा सम्बन्धित क्षेत्रका सांसद तथा नेता कार्यकर्ताको उपस्थिति रहेको छ । गजुरीमा भने काङ्ग्रेस नेता हरि अधिकारी,बिश्व अर्याल,माधबराज पाण्डे लगाएका नेताको उपस्थिति रहेको थियोे ।

१३ पुष २०७७, सोमबार १९:५७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस