|  

हेर्नुहोस् आजको राशिफल

१० भाद्र २०७८, बिहीबार ०८:३८ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


वि.सं.२०७८ साल भदौ १० गते । बिहीवार । ईश्वी सन् २०२१ अगष्ट २६ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । भाद्र कृष्णपक्ष । तिथि– चतुर्थी, बेलुकी ०५ बजेर २२ मिनेट उप्रान्त पंचमी । नक्षत्र–रेवती, बेलुकी ११ बजेर ४५ मिनेट उप्रान्त अश्विनी । योग– शूल, बिहान ०७ बजेर ४७ मिनेट उप्रान्त गंड । करण– बालव, बेलुकी ०५ बजेर २२ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–मित्र योग । चन्द्रराशि–मीन,बेलुकी ११ बजेर ४५ मिनेट उप्रान्त मेष । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ४० मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ३० मिनेट । दिनमान ३२ घडी ०४ पला ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) समय राम्रो रहेकोले विदेशी सामानको आयात निर्यात गरी व्यापार विस्तार गर्न सकिनेछ । विदेशी नियोग तथा विदेशी लगानीबाट सञ्चालित सस्थामा काम पाउने योग रहेकोछ । बिद्यार्थीहरुका लागी अध्ययनकै सवालमा यात्रा गर्ने अवसर जुर्नेछ । तरपनि काम गर्दा ध्यान पुर्र्वक गर्नुहोला काम विग्रने र जरिवाना तिर्नु पर्ने हुन सक्छ ।
वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) अध्ययन तथा अनुशन्धानमा ध्यान केन्द्रित हुँदा उत्कृष्ट नजिता हात पार्न सकिनेछ । प्रविधिको उच्चतम् प्रयोग गरी रचानात्मक कार्य गर्न सकिनेछ । पैत्रिक धनको प्रयोग मार्फत व्यावसाय गरी रोजगारिका अवसर सिर्जना गर्न सकिनेछ । प्रेममा सामिप्यता बढेर जानेछ भने जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ । जमघटमा मिष्ठान्न भोजन ग्रहण गर्न सकिनेछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) समाजमा नेतृत्वदायी भुमिकामा बसेर काम गर्न सकिने तथा मान सम्मान ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । नयाँ काम गर्न सकिनेछ भने नोकरिमा बढुवा हुने योग रहेकोछ । व्यापार लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ भने कृषि,पशुपालन व्यावसाय फस्टाएर जानेछ । पढाइले लेखाइमा मन जानेछ भने अध्ययनकै सवालमा प्रविधिको प्रयोग गर्न सकिनेछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) धार्मिक तथा पढाइ लेखाइकै सवालमा लामो दुरिको यात्रा हुनेछ । धर्म तथा अध्यात्म जस्ता क्षेत्रमा रुचि बढ्नेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा बलियो उपस्थिती रहनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने व्यापारकै सवालमा देश विदेशको यात्रा हुनेछ । माया प्रेमको गाठो कसिलो भएर जानेछ । प्रशासनि क्षेत्रमा गतिलो तथा सम्मानजनक उपश्थिति रहनेछ ।
सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) नसोचेको धन तथा सम्पती हात लागी हुने योग रहेकोछ । अग्रज,आफन्त तथा दिदि बहिनीबाट काममा तथा आर्थिक सहयोग पाईनेछ । खोजमुलक क्षेत्रमा चासो बढ्ने तथा लामो समय देखी गरी आएको काम सकिनेछ । पढाइ लेखाइकै सवालमा देश विदेशको यात्रा हुनेछ । मन्दीर तथा धार्मिक सस्थानको यात्रा गरी धर्म कमाउँन सकिनेछ । दिन दुखिको सेवामा समय खर्च हुने योग रहेकोछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) व्यापार भावमा गोचर गर्ने चन्द्रमाले फेन्सी तथा विलाशी वस्तुको व्यापारबाट मनग्गे आम्दानी हुनेछ । एकल तथा साझेदारी व्यावसायमा लगानी बढाउन सकिनेछ । व्यापारकै शिलशिलामा लामो दुरिको यात्रा हुनेछ । साथि संगि तथा ईष्ट मित्रबाट उपाहार प्राप्त हुनेछ । माया प्रेममा नजिक हुन सकिने तथा पति पत्नी बीच विश्वासको वातावरण बढेर जानेछ । पढाइ लेखाइमा मन जाने तथा अरुलाई पछी पार्दै नतिजा आफुतिर ल्याउन सकिनेछ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) सत्रुमाथि वीजय गर्न सकिनेछ तथा आट,शाहस,हिम्मतले कामहरु सम्पादन हुनेछन् । अध्ययनमा एक कदम अगाढि बढि नतिजा हात पार्न सकिनेछ । पुराना ऋण तिर्न सकिने तथा रोग केही भए विशेक हुनेछ । मामा मावली पक्षसँग बिग्रेका सम्बन्ध सुधार हुनेछ । पछीसम्म आम्दानी भईरहने व्यावसाय सुरु गर्न सकिनेछ । प्रेमको डोरो कसिलो हुनेछ ।
वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) पढाइ लेखाइमा आफ्नै कारणले कमजोरि गरेको भान हुनेछ । व्यापारमा प्रशस्त समय दिएमात्र आम्दानी वढाउन सकिनेछ । भौतिक सम्पति तथा उपाहार प्राप्तीको योग रहेपनि टरेर जानेछ । तरपनि मेहनेत गर्दा ईज्जत प्रतिष्ठामा बृद्धि गर्न सकिनेछ । सन्तान तथा आफन्तको सहयोग लिएर काम गर्नुहोला गन्तव्य पहिल्याउन सहज हुनेछ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) कृषि तथा पशुपालन व्यावसायमा समय लगानि गर्नेहरुले मनग्गे धन आर्जन गर्ने समय रहेकोछ । बैंक तथा सहकारि व्यावसायबाट आम्दानी बढाउन सकिनेछ । सानो प्रयत्नले कामहरु सम्पादन हुँदा मन प्रशन्न रहनेछ । आमा तथा आफन्तसँगको भेटघाटमा सानो बिवाद हुन सक्छ ध्यान दिनुहोला । प्रविधि तथा सवारी साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) उत्कृष्ट नतिजा हात पार्न थोरै समय लगानी नै काफी हुनेछ । छोटो तथा रमाईलो यात्राको तय गर्न सकिनेछ । विवादित विषयको निर्णय तयाईकै पक्षमा हुनेछन् । दाजुभाई तथा छिमेकीसँग मिलेर गरीने व्यापार व्यावसाय फस्टाएर जानेछ । भौतिक सम्पती तथा नगद जुट्नाले लगानी गर्ने सहज वातावरण बन्नेछ । प्रेममा सामिप्यता बढेर जानेछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) रमाईलो यात्रा गर्ने अवसर जुर्ने तथा यात्राका क्रममा साथिभाईका साथमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । रमाईलो गर्दा गर्दै पढाइ लेखाइमा समय दिन नसक्दा अरु भन्दा पछी परिन सकिन्छ ध्यान दिनुहोला । बोलिको प्रभाव बढ्ने हुँदा बोलेकै भरमा कामहरु सम्पादन हुनेछन् । व्यापार व्यावसायमा समय दिन सके मनग्गे आम्दानी हुनेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) समाजसेवा तथा राजनीतिमा समय व्यातित गर्नेहरुका लागी समय मध्ययम रहेकोले समर्थन भन्दा आलोचना सहनु पर्नेछ । व्यापारमा मन्दी आउने तथा खर्च धान्न अलि गाह्रो पर्नेछ । तरपनि सुचना प्रविधिको प्रयोग मार्फत राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । अध्ययनकै शिलशिलामा यात्रा गर्न सकिनेछ तथा अली बढी समय दिए राम्रो नतिजा हात पार्न सकिनेछ ।
तपाईँको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा भण्डारी ।

१० भाद्र २०७८, बिहीबार ०८:३८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस