|  

माओवादी केन्द्र धादिङ–काठमाण्डौं सम्पर्क मञ्चको दशैंको शुभकामना कार्यक्रम सम्पन्न

८ आश्विन २०७९, शनिबार २०:०५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) धादिङ–काठमाण्डौं सम्पर्क समन्वय समितीको आयोजनामा विजया दशमी तथा दिपावली २०७९ को शुभकामना तथा नवनिर्वाचित जनप्रतिनीधि सम्मान कार्यक्रम सम्पन्न भएको छ । काठमाण्डौंको बालाजु स्थीत एक पार्टी प्यालेसमा सम्पर्क समन्वय समिती का अध्यक्ष हरि शर्माको अध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्रका केन्द्रिय सचिव डिल्लाराम आचार्यको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका आचार्यले राष्ट्रिपतिको पछिल्लो कदम देश विरोधी भएको बताउनु भयो । भारतको चाहना अनुसार राष्ट्रिपतिले पछिल्लो असंबैधानीक कदम चालेको बताउनु भयो । एमालेका अध्यक्ष ओली र भारतको चाहना अनुसार राष्ट्रिपति विद्यादेवि भण्डारीले पटक पटक संविधान मिचेको आचार्यले बताएका छन् ।


कार्यक्रममा धादिङ जिल्लामा माओवादी केन्द्रको तर्फबाट निर्वाचित जनप्रतिनीधिलाई सम्मान गरेको समन्वय समीतीका सचिव राजन ढुंगानाले बताउनु भयो । कार्यक्रममा नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य पुष्प विक्रम मल्ल, कल्पना धमला, केन्द्रीय सदस्य राम ब. भण्डारी, प्रदेश सांसद जगत सिंखडा, माओवादी केन्द्र बागमती प्रदेश समितीका सहसचिव दल बहादुर बुर्लाकोटी, धादिङ समन्वय समितीका संयोजक मनराज भण्डारी लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा सम्पर्क समन्वय समितीमा रिक्त्त रहेको सचिव र कोषाध्यक्षमा क्रमशः राजन ढुंगाना र कमल जम्कटेललाई मनोनित गरेको हो ।

८ आश्विन २०७९, शनिबार २०:०५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस