|  

तान्जानियामा बाढीका कारण १५५ जनाको मृत्यु, २३६ घाइते

१५ बैशाख २०८१, शनिबार १५:२७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौं । तान्जानियामा जारी मुसलधारे वर्षाका कारण आएको बाढीका कारण १ सय ५५ जनाको मृत्यु भएको छ भने २३६ जना घाइते भएका छन्।

प्रधानमन्त्री कासिम मजलिवाले संसदमा यसबारेमा जानकारी दिए। मुख्यभूमि तान्जानियाका २६ मध्ये १४ वटा क्षेत्रमा आँधीपछि आएको बाढीले २ लाख मानिसहरूलाई असर गरेको र १० हजार घरमा क्षति पुगेको जानकारी दिए।

 

 

१५ बैशाख २०८१, शनिबार १५:२७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस