|  

सुनकोशी मरिण डाइभर्सनको सुरुङ खन्न केही सेन्टिमिटर मात्रै बाँकी

१५ बैशाख २०८१, शनिबार १५:३७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । सुनकोशी मरिण डाइभर्सन परियोजनाको १३ किलोमिटर तीन सय मिटर सुरुङमध्ये अब केही सेन्टिमिटर मात्रै खन्न बाँकी रहेको छ । आउँदो २६ गते बुधवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा विशेष कार्यक्रम गरी सुरुङ छिचोल्ने उहाँले जानकारी दिनुभयो ।

सुरुङ निर्माणको अवधि दुई वर्षको भए पनि १९ महिनामै सम्पन्न भएको हो । सुरुङ निर्माणमा अटोमेटिक टनेल बोरिङ मेशिन टीबीएम प्रयोग गरिएको छ । सुनकोशी मरिणको सुरुङ छिचोलिए पनि अरू काम पूरा गर्न थप एक वर्ष लाग्ने आयोजना प्रमुख बरालले जानकारी दिनुभयो ।

सुरुङ खन्ने काम चाँडै भए पनि बाँध तथा विद्युत् गृह निर्माणमा संलग्न निर्माण व्यवसायीले तोकिएअनुसार काम गर्न सकेका छैनन् । २०८४ सालको असोजमा आयोजना पूर्णरूपमा सम्पन्न गर्ने लक्ष्य छ ।

 

१५ बैशाख २०८१, शनिबार १५:३७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस