|  

धानको उत्पादनसँगै मूल्य बढ्दा किसानमा हर्ष, प्रति मेट्रिकटन कति ?

२६ मंसिर २०८०, मंगलवार ०६:२८ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


मोरङ । अन्नको भण्डार मानिने पूर्वी तराईको झापा, मोरङ र सुनसरीमा यो साल धान उत्पादन बढेको छ । मौसम अनुकूल रहनु, पर्याप्त वर्षा हुनु, समयमा रासायनिक मलको उपलब्धता, उन्नत जातको बीउको प्रयोग र रोग कीराको प्रकोप कम भएका कारण धान उत्पादन वृद्धि भएको कोशी प्रदेश सरकारले जनाएको छ ।

कोशी प्रदेशमा यसपटक १३ लाख ८२ हजार एक सय ३७ मेट्रिकटन उत्पादन भएको कोशी प्रदेश उद्योग, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत रहेको कृषि विकास निर्देशनालयले जनाएको छ । गतवर्ष यस प्रदेशमा १२ लाख ९८ हजार आठ ५५ मेट्रिकटन धान उत्पादन भएको थियो ।

गतवर्ष भन्दा यस वर्ष ८३ हजार दुई सय ८२ मेट्रिकटन धान उत्पादनमा वृद्धि भएको निर्देशनालयले जनाएको छ । मोरङमा ८३ हजार तीन सय हेक्टर जमिनमा रोपाइँ भएकोमा छुटफुट अवस्थामा रहेको वास्मती प्रजातिको धानबाहेक काटिसकिएको कृषि ज्ञान केन्द्र मोरङले जनाएको छ ।

२६ मंसिर २०८०, मंगलवार ०६:२८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस